काठमाडौं – हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार निजगढमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंकले बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
उक्त शाखासहित बैंकको देशभरि ६४ वटा शाखा सञ्चालनमा छन् भने चालु आवको अन्त्य सम्ममा थप १२ वटा शाखा सञ्चालनमा ल्याउने लक्ष्य बैंकले लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्