काठमाडौं – आइएमई जनरल इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई ६% बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको ८५औँ बैठकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट ६% बोनस सेयर दिने निर्णय गरेको हो । साथै बोनसमा लाग्ने कर तिर्न (०.३१%) ३२ लाख २२ हजार ९४७ नगद लाभांश पनि दिने भएको छ। कम्पनीले ६ करोड १२ लाख ३६ हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ ।
हाल आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ पुग्नेछ । यो लाभांश प्रस्ताव नियामक निकाय र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्