×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा र एम.ए.डब्ल्यू भेहिकल्सबीच सम्झौता, बैंकका ग्राहकले फोटोन ब्राण्डका सवारी किन्दा सजिलै कर्जा पाउने

GLOBAL IME BANK

कामना सेवा र एम.ए.डब्ल्यू भेहिकल्सबीच सम्झौता, बैंकका ग्राहकले फोटोन ब्राण्डका सवारी किन्दा सजिलै कर्जा पाउने

१५ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कामना सेवा विकास बैंकका ग्राहकले फोटोन ब्राण्डका सवारी किन्दा सजिलै कर्जा पाउने भएका छन् । बैंकले एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा. लि.सँग सम्झौता गरी ग्राहकलाई उक्त सेवा सुविधा दिने भएको हो ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एम. ए. डब्ल्यूको तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरेका हुन् । यससँगै ग्राहकले कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा फोटोन ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।
हाल विकास बैंकले ११४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: