![](https://1.bp.blogspot.com/-BBYJQ98rIKg/Xgrn5NkAwCI/AAAAAAABV4A/i5BqEqJLooAwuRy5KzLMZ_3VTCVUHer1wCLcBGAsYHQ/s1600/Nepse.jpg)
किसान माइक्रोफाइनान्सको २३.९५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि सेयर कारोबारको मूल्य ६६९ रुपैयाँ ६२ पैसा तोकेको छ । यसैगरी, मिथिला लघुवित्तको १५% बोनस सेयर समायोजनपछि नेप्सेले ४६६ रुपैयाँ ०९ पैसा मूल्य निर्धारण गरिएको छ ।
यता, उन्नति माइक्रोफाइनान्सको ३८.६०% बोनस सेयरपछिको मूल्य ६३३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । त्यस्तै, फरवार्ड लघुवित्तको ३२.५०% बोनस सेयरपछिको मूल्य १०५२ रुपैयाँ ०८ पैसामा आएको छ । यिनै भाउलाई आधार मानेर मंगलबार चार वटै लघुवित्तको सेयर कारोबार खुल्ला हुनेछ ।