Skip to content
LAXMI SUNRISE BANK

झापाको काँकडभिट्टामा लक्ष्मी बैंकको नयाँ शाखा विस्तार, कुल शाखा संख्या १२० पुग्यो

अर्थ सरोकार

काठमाडौं – लक्ष्मी बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२० औँ शाखा झापाको काँकडभिट्टामा संचालनमा ल्याएकोे छ । उक्त नयाँ शाखामार्फत बैंकले रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सेवा विस्तार गर्दै आएको हो ।
नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १ सय २० शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ सय ४५ एटिएम, २ हजार ५ सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK