काठमाडौं – लक्ष्मी बैंकले आफ्नो सेयरधनीहरुको ५% नगद लाभांश खातामा पठाउन थालेको छ । बैंकले मंसिर २२ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । त्यस मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको बैंकले जनाएको छ ।
बैंकले हालसम्म पनि डिम्याट खाता नखोल्ने सेयरधनीलाई आफूले खाता खोलेको बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत खाता खोल्न समेत आग्रह गरेको छ । खाता अपडेट गरेपछि मात्र लाभांश पाइनेछ । लक्ष्मी बैंकको पुस ७ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% बोनस सेयर र ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्