![](https://1.bp.blogspot.com/-xUwTl4bn8MI/XeeWRBTw8iI/AAAAAAABUzw/Yu1WvgUl82IoaVWbXmQxxwS4Z2Puw4tcACLcBGAsYHQ/s640/Nepse.jpg)
नेप्सेमा सबै भन्दा बढी सेयर सुचिकृत हुनेमा एनएमबि ५० रहेको छ । एनएमबि ५० को १२ करोड ५० लाख कित्ता सुचिकृत भएको हो । त्यसपछि माछापुच्छ्रे बैंकको ४० लाख २७ हजार ८४७ कित्ता बोनस सेयर र ३० लाख कित्ता ऋणपत्र, मुक्तिनाथ विकास बैंकको ५७ लाख २६ हजार ३०० कित्ता हकप्रद सेयर, सिटिजन इन्भेष्टमेन्ट कोषको २४ लाख २५ हजार १७४.६४ कित्ता बोनस सेयर र एनआइसी एसिया बैंकको १९ लाख ४३ हजार ६९८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ ।
नेप्सेमा सूचिकृत भएको माछापुच्छ्रे बैंक र एनआइसी एसिया बैंकको ऋणपत्रमा १०.२५ प्रतिशत ब्याजदर रहेको छ । साथै, सुचिकृत भएको बोनस सेयरको कारोबार बिहिबारदेखि गर्न सकिनेछ ।