×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्वारा पानी ट्याङकी वितरण

GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकद्वारा पानी ट्याङकी वितरण

२६ मंसिर २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – महालक्ष्मी विकास बैंकको निजगढ र बानेश्वर शाखाले शनिबार पानी ट्याङकी वितरण कार्यक्रम सम्पन्न गरेका छन् । उक्त शाखाले कार्यक्रमको आयोजना गरी दुई स्थानमा पानी ट्याङकी वितरण गरेको हो ।
निजगढ शाखाले निजगढ न.पा. वडा नं १० लालस्थित पल्युल साम्तेन्लिर्ङ गुम्बामा अध्ययनरत विद्यार्थीहरुका साथै आगन्तुकहरुलाई खानेपानीको सहज उपलब्धता होस् भन्ने उद्देश्यले गुम्वा व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर भोलनलाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो ।
यस्तै, बानेश्वर शाखाले भने बानेश्वर स्थित कुशेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले कुशेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव सुदर्शन कोइरालालाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: