
यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने सम्पुर्ण ग्राहक मध्येबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिएको हो ।
७६ पुरस्कारमध्ये २५ जनालाई ब्लुटुथ स्पिकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल, ७ जनालाई टिभी ३२ स्मार्ट एचडी, ५ जनालाई फ्रिज २००लि., ३ जनालाई ल्यापटप, १ जनालाई स्कुटर वितरण गरिएको छ ।