×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ नेपाल लघुवित्तले २०% लाभांश पारित गर्न पौष १९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले २०% बोनस सेयर पारित गर्न वार्षिक साधारणसभा पौष १९ गते बोलाएको छ । संस्थाले उक्त सभाको लागि पौष ३ गतेदेखि पौष १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । संस्थाले प्रदान गर्ने लाभांश हात पार्नको लागि पौष २ गतेभित्र सेयरधनी बनिसक्नु पर्नेछ। 
संस्थाले सभामा २०% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.०५% नगद लाभांश दिने प्रस्ताव पेस गर्ने भएको छ । साथै, संस्थाले गाभ्ने गाभिने वा प्राप्तिको निर्णय पश्चात कायम हुन आउने चुक्ता पुँजीको १ः१ अनुपादमा हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्ने उल्लेख गरेको छ । हाल नसंस्थाको चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँ रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: