×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकले आफ्नो सेयरधनीलाई १५% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

PRIME CA
GLOBAL IME BANK

एनसीसी बैंकले आफ्नो सेयरधनीलाई १५% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

७ पुष २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं : नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आफ्नो लगानीकर्ताहरुलाई १५ बोनस दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको ७७७औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५% बोनस सेयर दिने निर्णय गरेको हो । साथै बोनसमा लगनी कर तिर्न ०.७९% नगद लाभांश पनि दिने भएको छ ।बैंकले १ अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने करको लागि ६ करोड ४२ लाख १४ हजार ५३३ रुपैयाँ नगद वितरणमा खर्च गर्नेछ । 
हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैंया छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ९ अर्ब ३५ करोड ३९ लाख रुपैंया नाघ्नेछ । यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: