काठमाडौं – नेपाल बंगलादेश बैंकले शनिबार प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंस्थित प्रधान कार्यालयबाट वित्तीय साक्षरताको नारा लिई उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बैंकका काठमाडौँ उपत्यका भित्र रहेका २१ वटा शाखाहरु र प्रधान कार्यालयबाट कुल ३५० कर्मचारीहरु सहभागी भएका थिए । बिहान ८ः३० बजे सुरु भएको प्रभातफेरी कार्यक्रम बैंकको प्रधान कार्यालयबाट शुरू भइ शहिद गेट, न्यु रोड गेट, जुद्ध शालिक भइ इन्द्र चोक, असन बजार, जमल, दरबार मार्ग हुदै पुनः प्रधान कार्यालयमा पुगेर सम्पन्न भएको थियो ।
सो कार्यक्रममा कर्मचारीहरुले वित्तीय साक्षरताको नारा लेखिएका प्लेकार्डहरु लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थिए । कार्यक्रमको अन्त्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले वित्तीय साक्षरताको महत्व, बचत गर्नुको फाइदा लगायत बैंकिंग कारोबारका फाइदाहरुको बारेमा जानकारी दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्