×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्डबाट हुने सबै बैंकिङ् कारोबार सुरक्षित हुने, एनआईसी एशियाले ल्याउँदै छ नयाँ स्वीच प्रविधि

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कार्डबाट हुने सबै बैंकिङ् कारोबार सुरक्षित हुने, एनआईसी एशियाले ल्याउँदै छ नयाँ स्वीच प्रविधि

२७ मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एसटुएमको सेलेक्ट सिष्टम इएफटी स्वीच प्रयोगमा ल्याउने भएको छ । उक्त स्वीच प्रविधि प्रयोगमा ल्याउन बैंकले एसटुएम (सोसाइटी माघ्रेबिनी डी मोनिटिक्यू लि.) मोरक्कोसँग सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एसटुएम मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका छन् ।
बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहक महानुभावहरुले स्वदेश तथा विदेशबाट कार्डबाट हुने इकमर्श कारोबार सहज रुपमा गर्न सकिने छ । सबै प्राविधिक तयारी गरी केही समयमा बैंकले यो प्रविधि संचालनमा ल्याउने छ ।
उक्त स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ ।
हाल बैंकले ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९४ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: