×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्सरी चोकमा एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार, संविधान सभा सदस्य अधिकारीद्वारा उद्घाटन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नर्सरी चोकमा एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार, संविधान सभा सदस्य अधिकारीद्वारा उद्घाटन

Artha Sarokar

१५ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ढुङ्गेधारा

काठमाडौँ – ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा विस्तार गरेको छ । 
काठमाडौं महानगरपालिका वडा नं. १६, ढुङ्गेधारा स्थित ढुङ्गेधारा, नर्सरी चोक शाखाको पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीले एक समारोहका बीच उद्घाटन गरेका हुन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी