Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंककोे २ नयाँ शाखा मंगलबजार र दरबारमार्गमा, शाखा सञ्जाल ३११ पुग्यो

अर्थ सरोकार

काठमाडौँ काठमाडौ – ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं १२, टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १, दरबारमार्ग स्थित दरबारमार्ग शाखा यही मङ्सिर २९ गतेबाट सञ्चालनमा आएको हो ।
मंगलबजार शाखाकोे समुद्घाटन सोही वडाका वडा अध्यक्ष नारायण लाल अवाले र दरबारमार्ग शाखाकोे समुद्घाटन एन आई सी एशिया बैंक लि का उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेज राज तिमिल्सिनाले गरे । यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौँ क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १९ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK