×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाईफ इन्स्योरेन्सद्वारा सातै प्रदेशमा फोहर फाल्ने गार्बेज बिन वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रभु लाईफ इन्स्योरेन्सद्वारा सातै प्रदेशमा फोहर फाल्ने गार्बेज बिन वितरण

Artha Sarokar

३० मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेश्रो वार्षिकोत्सवका अवसरमा देशका सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी फोहर फाल्ने गार्बेज बिन वितरण गरेको छ ।
कम्पनीले प्रदेश नं. ३ अन्तर्गतको कार्यक्रममा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज, काठमाण्डौंलाई अस्पताल परिसरमा फोहर ब्यवस्थापनका लागि फोहर फाल्ने गार्बेज बिनहरु वितरण गरेको छ ।
अस्पतालका नि. निर्देशक, अन्य विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले हस्तान्तरण गरेका थिए ।
प्रदेश नं. १, २, ३, गण्डकी प्रदेश, ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशहरुमा पनि कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आ–आफ्नो क्षेत्रका सार्वजनिक उद्यान, पार्क, मठ–मन्दिर, सरकारी बिद्यालय तथा सरकारी अस्पतालको सरसफाई गरी उक्त स्थानहरुमा समेत गार्बेज बिनहरु उपलब्ध गराएको छ ।
गत वर्ष पनि यसैगरी कम्पनीले सातै प्रदेशका विभिन्न सरकारी विद्यालयका बिद्यार्थीहरुलाई पोशाक स्वेटर बितरण गरेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी