Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकले ल्यायाे ‘प्रभु स्पेशल सेभिङ्ग खाता’, अव सैनिकहरुकाे पेन्सन बैंक खातामा जम्मा हुने

अर्थ सरोकार

काठमाडौं – प्रभु बैंकले ब्रटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व सैनिकहरुको ‘प्रभु स्पेशल सेभिङ्ग खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले गोर्खा सत्याग्रह समिति नेपालसँग सम्झौता गरी उक्त खाता सञ्चालनमा ल्याएको हो ।
उक्त सम्झौतापत्रमा गोर्खा सत्याग्रह समिति, नेपालकातर्फबाट अध्यक्ष कृष्ण बहादुर राई र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका हुन् ।
गोर्खा सत्याग्रह समिति नेपाल खासगरी ब्रिटिश सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व गोर्खा सैनिकहरुको हितमा क्रियाशील रहेको गैरसरकारी संस्था भएकोले गोर्खा सत्याग्रह समिति नेपालले प्रभु बैंकको कमलादी शाखा कार्यालयमा आफ्नो नाममा खाता खोली कारोबार गर्ने छ । साथै, गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले पनि प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट प्रभु स्पेशल सेभिङ्ग खाता खोल्न सक्ने भएका छन् ।
गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले प्रभु बैंकमा प्रभु स्पेशल सेभिङ्ग खाता खोली ब्रिटिश सरकारबाट प्राप्त गर्ने पेन्सन रकम सिधै प्रभु बैंकमा रहेको सम्बन्धित खाताधनीको खातामा जम्मा हुने व्यवस्था मिलाईनेछ । प्रभु स्पेशल सेभिङ्ग खाता खोल्ने ब्रिटिश सैनिक सेवामा कार्यरत तथाभुतपुर्व ब्रिटिस गोर्खा सैनिकहरुले शुन्य मौज्दातमा यो खाता खोल्न सक्नेछन् । हालको लागि वार्षिक ६.५ प्रतिशत ब्याज प्रदान गरिने उक्त खातामा बैंकको नियमानुसार ब्याजदर परिवर्तन हुन सक्नेछ ।
युपिआई कार्डको सेवाशुल्क(पहिलो वर्षको लागिमात्र) चेकबुक, एबिबिएस शुल्क, ब्यालेन्स सर्टिफिकेट, गुडफर पेमेण्ट शुल्क, बैंक स्टेटमेण्ट, चेक स्टप शुल्क तथा अनलाईन बैंकिङ्गदर्ता गर्दा लाग्ने सेवाशुल्क निःशुल्क प्राप्तहुनेछ ।
यो सम्झौताबमोजिम खाता खोल्ने ब्रिटिश सैनिकमा कार्यरत सैनिक तथा भुतपुर्व ब्रिटिश गोर्खा सैनिकहरुले लकर सेवा बापत लाग्ने शुल्क, ड्राफ्ट, ट्राभल कार्ड तथा मोबाईल बैंकिङ्ग उपभोग गरे बापत लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्नेछन् । साथै, स्पेशल प्रभु सेभिङ्ग खातामा सम्बन्धित सैनिकको पहिलो पटक पेन्सन जम्मा हुनासाथ सम्बन्धित सैनिकको ६ महिनाको पेन्सन रकम बराबर वा ५ लाख रुपैयाँमध्ये जुनकम हुन्छ सो रकमसम्म व्यक्तिगत कर्जा शीर्षक अन्तर्गत विनाधितो कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था समेत रहेको छ ।
यसबाट ब्रिटिश सरकारको सैनिक सेवाका कार्यरत तथा भुतपुर्व ब्रिटिश सैनिकहरुलाई विशेष सुविधा उपलब्ध बैंकको विश्वास छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK