Skip to content
LAXMI SUNRISE BANK

जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा

अर्थ सरोकार


बाग्लुङ्ग

काठमाडाैं – ग्राहकहरुको सेवालाई मध्येनजर गर्दै प्रभु बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गमा नयाँ एक्स्टेन्सन काउन्टर सुरु गरेको छ । बैंकले जिल्लाको बाग्लुङ्ग नगरपालिकास्थित वडा नं ३ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालन गरेको हो ।
एक्स्टेन्सन काउण्टरको उद्घाटन बाग्लुङका प्रमुख जिल्ला अधिकृत लुक बहादुर क्षेत्रीले गरेका छन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको जनाएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको विश्वास छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा एटीएम ३९ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK