काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ५ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबार बोनस सेयरमा मूल्य समायोजन हुनेमा नेपाल बैंक, कृषि विकास बैंक, नेरुडे लघुवित्त वित्तीय संस्था, बिजय लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था रहेको छ ।
नेपाल बैंकको १५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि बैंकको सेयर मूल्य २७५.६५ रुपैयाँ निर्धारण गरिएको छ । यता, कृषि विकास बैंकको पनि ६% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि बैंकको सेयर मूल्य ३९३.४० रुपैयाँ तोकेको छ ।
यस्तै, नेरुडे लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयर सूचिकृत भएको छ । समायोजनपछि संस्थाको सेयर मूल्य ४८६.०९ रुपैयाँ निर्धारण गरिएको छ । यता, बिजय लघुवित्त वित्तीय संस्थाको १५% बोनसमा मूल्य समायोजन भएको छ । समायोजनपछि संस्थाको सेयर मूल्य ६२३.४८ रुपैयाँ निर्धारण गरिएको छ ।आरएमडीसी लघुवित्तको १२.५% बोनस सेयर सेयर समायोजनपछि नेप्सेले ५३६ रुपैयाँ भाउ तोकेको छ ।
आइतबार यही मूल्यलाई आधार मानेर ५ वटै कम्पनीको सेयर कारोबार खुल्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्