×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दस्ताबेज : यसरी सुरु भएको थियो नेपालमा निर्जीवन बीमा, राजा महेन्द्रले लिएका थिए ‘पहिलो पोलिसी’ (ऐतिहासिक तस्विर)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दस्ताबेज : यसरी सुरु भएको थियो नेपालमा निर्जीवन बीमा, राजा महेन्द्रले लिएका थिए ‘पहिलो पोलिसी’ (ऐतिहासिक तस्विर)

Artha Sarokar

२४ मंसिर २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपालमा निर्जीवन बीमा गर्ने पहिलो बीमक हो तत्कालीन राष्ट्रिय बीमा संस्थान । अहिले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले जीवन बीमा र निर्जीवन बीमा गर्छन् । तत्कालीन राष्ट्रिय बीमा संस्थानले फाल्गुण ११, २०२४ बाट निर्जीवन बीमा तथा फाल्गुण ७, २०२९ बाट जीवन बीमा व्यवसायको कारोबार शुरुको थियो । र यो तस्विर फाल्गुन ११, २०२४ को तस्विर हो । जहाँ तत्कालीन राजा महेन्द्रले आफ्नो गाडीको बीमा गरेर नेपालमा निर्जीवन बीमाको सुरुवात गरेका थिए । 

देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यावसायिक बीमा कम्पनी स्थापना गर्न नेपाल सरकारको निर्णय अनुरुप २०२४ पौष १ गते प्राइभेट कम्पनीको रुपमा स्थापना भएको राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तरगत संस्थानको रुपमा २०२५ साल पौष १ गते परिणत भएको हो । यस संस्थानले आजसम्मको कार्यकालमा नेपाल सरकारले लिएको लक्ष्य तथा उद्देश्य अनुरुप नै कार्य गर्न र उच्च प्रतिफल दिन सफल भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी