![](https://1.bp.blogspot.com/-ltrKMa22CSs/Xfxy3SypFnI/AAAAAAABVjA/LG6i6Cgc3pUmviai7hpc3SAULjNiWDphACLcBGAsYHQ/s640/2.jpg)
काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आफ्नो सेयरधनीलाई कर सहित ८.९६% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, बैंकले २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँको नगद लाभांश वितरण गर्नेछ ।
यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
![](https://1.bp.blogspot.com/-31NobaZ4lUI/XfxxN0oe9pI/AAAAAAABVi4/BSnqYZE6UqImxlFg9tct8d8TBqvj5f4lACLcBGAsYHQ/s1600/2.jpg)