×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकले ल्यायो ‘महिला उद्यमशील कर्जा’ योजना सञ्चालनमा, यस्ता छन् सुविधाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिद्धार्थ बैंकले ल्यायो ‘महिला उद्यमशील कर्जा’ योजना सञ्चालनमा, यस्ता छन् सुविधाहरु

Artha Sarokar

१३ पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिद्धार्थ बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागि पन्ध्रलाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “महिला उद्यमशील कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ ।
सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्धारा प्रधान गराईने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफनो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ ।
महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पु¥याउने बैंकको विश्वास रहेको छ । ९० प्रतिशत सम्म फाइनान्सिङ सुविधा (अधिकतम रू १५ लाख सम्म), वार्षिक ६.०२५ सम्मको आकर्षक ब्याजदर , प्रशासनिक शुल्क नलाग्ने, अग्रिम भुक्तानी शुल्क नलाग्ने, सरल भुक्तानी सुविधा र ५ कार्य दिन भित्रै कर्जा स्वीकृत हुने यस कर्जा योजनाका प्रमुख आकर्षणहरू हुन्।
यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको साझेदारी प्रोजेक्टद्धारा देशका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न डिजाईन तथा सञ्चालन गरिएको हो ।
सिद्धार्थ बैंकले हाल देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एिटिएम र १,६०० भन्दा बढी पिवोस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवाप्रदानगर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी