×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

परासीमा सनराइज बैंकको १२५ औं शाखा विस्तार, गुप्ता र पौड्यालले गरे उद्घाटन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

परासीमा सनराइज बैंकको १२५ औं शाखा विस्तार, गुप्ता र पौड्यालले गरे उद्घाटन !

Artha Sarokar

१७ मंसिर २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

परासी

काठमाडौँ – आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्राय साथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । 
यसै क्रममा बैंकले नवलपरासीस्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा जनक शर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंकमार्फत लगानी गर्न प्रोत्साहन गरे ।
सोही दिन आयोजित सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण कार्यक्रममा कनकाई नगरपालीकाको मेयर राजेन्द्र कुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए । 
उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा श्रीमती आशा राणा अधिकारी लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।
हालसम्म सन्राइज बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एममार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरm संचालन गर्ने योजना रहेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी