×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नुवाकोटको बट्टारमा सनराइज बैंकको नयाँ शाखा विस्तार, कुल शाखा १२८ पुग्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नुवाकोटको बट्टारमा सनराइज बैंकको नयाँ शाखा विस्तार, कुल शाखा १२८ पुग्यो

१ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नुवाकोट

काठमाडौं – सनराइज बैंकले नुवाकोट स्थित बट्टारमा १२८औं शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित कार्यक्रममा केन्द्रिय सांसद नारायण प्रसाद खतिवडा, विदुर नगरपालिकाको मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले एटीएमको उद्घाटन गरेका हुन् । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले बट्टारमा सनराइज बैंकको आगमनले व्यापारीकरण र औधोगिकरणमा थप प्रोत्साहन मिल्ने जनाएका छन् ।
साथै, केन्द्रिय सांसद नारायण प्रसाद खतिवडाले बैकले कृषि क्षेत्रमा लगानी बढाइ, आयातलाई प्रतिस्थापन गर्न आग्रह गरेका छन् । बट्टार नगरपालिकाको मेयर सन्जु पण्डितले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिने अपेक्षा भएको जनाएका थिए । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथअधि बढाउदैं लाने बताएका छन् ।
हालसम्म सनराइज बैंकले १२८ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा एटीएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: