×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनको पिठुवामा सनराइज बैंकको ४०औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा, हरि कुमार श्रेष्ठ र अचुत जङ्ग श्रेष्ठद्वारा उद्घाटन

PRIME CA
GLOBAL IME BANK

चितवनको पिठुवामा सनराइज बैंकको ४०औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा, हरि कुमार श्रेष्ठ र अचुत जङ्ग श्रेष्ठद्वारा उद्घाटन

२२ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

चितवन

काठमाडौँ – सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं १४ मा ४० औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ ।
रत्ननगर नगरपालिकाका अध्यक्ष हरि कुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुत जङ्ग श्रेष्ठले एक समारोहकाबीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । सो समारोहमा अचुत जङ्ग श्रेष्ठले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १२६ वटा शाखा,४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: