×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले महिला उद्यमीलाई १५ लाखसम्मको सहुलियतपूर्ण कर्जा दिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सनराइज बैंकले महिला उद्यमीलाई १५ लाखसम्मको सहुलियतपूर्ण कर्जा दिने

६ पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सनराइज बैंकले महिला उद्यमी व्यवसायीहरुलाई १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपाल उद्योग परिसंघसँग सम्झौता गरी ६ प्रतिशतसम्मको ब्याजदरमा सो मात्राको कर्जा दिने भएको हो ।
उक्त सम्झौतापत्रमा सनराईज बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल तथा परसिंघका तर्फबाट महानिर्देशक मेघनाथ न्यौपानेले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात् परिसंघमा आवद्ध सम्पूर्ण उद्यमी/महिला सदस्यहरुको उद्यमशिलता विकास, सोका लागि आवश्यक सल्लाह र ब्याज अनुदान कर्जा लगानी सम्बन्धमा दुवै पक्ष सहमत भएको छ ।
साथै, परिसंघमा आवद्ध साना तथा मझौला उद्यमीहरुलाई सनराइज बैंकले सरल रुपमा कर्जा लिने प्रक्रिया, सहुलियतपूर्र्ण कर्जा, कर्जा उपभोग गर्दाको फाईदा जस्ता कर्जासँग सम्बन्धित जानकारी मुलक तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गरिने समझदारी भएको छ ।
समझदारी पत्रमा हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सगम्र औद्योगिक विकासमा महिलाहरुको लगानी र दक्षता विकास गर्न परिसंघले लिने पहलमा सनराइज बैकसँगको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।
सोही अवसरमा सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले परिसंघसँगको सहकार्यले महिला उद्यमीहरुलाई उद्योग तथा व्यवसाय विस्तारमा सहज व्यवस्था मिलाउन बैंकले हरदम प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सम्झौताका थप बुदाँहरु यस प्रकार छन्ः
– तालिम तथा अभिमुखिकरण कार्यक्रमको माध्यमबाट नेपाल उद्योग परिसंघका सदस्यहरु माझ बैंकिङ पहुँच पुर्याउने ।
– विशेषतःमहिलाहरुको उद्यमशिलता तथा सशक्तिकरणका लागि ब्याज अनुदान कर्जाको अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने ।
– नेपाल उद्योग परिसंघमा आवद्ध सदस्यहरु र सनराईज बैकको आपसीहितलाई मध्यनजर गरी समय–समयमा अन्य आवश्यक कार्यहरु गर्ने ।
नेपाल उद्योग परिसंघका सदस्यहरुलाई बैंकबाट कर्जा उपभोग गरेको अवस्थामा निम्न सुविधाहरु उपलब्ध गराउने ।
– नयाँ खाता खोल्दा बैंकले जारी गर्ने डेबिट कार्ड, मोबाईल बैंकिङ तथा लकर सूबिधामा पहिलो वर्षको वार्षिक शुल्कमा पूर्ण छुट गर्ने ।
– क्रेडिट कार्डका लागि योग्य ग्राहकलाई पहिलो वर्षको सदस्यता शुल्कमा पूर्ण छुट । सहित उपरोक्त सुविधाहरु बैंकका सम्पुर्ण शाखा कार्यालयहरु मार्फत उपलब्ध गराईने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: