![](https://1.bp.blogspot.com/-J_mHr828ROo/Xe3kefeObUI/AAAAAAABU94/91GLQXL5dSkeRrsCllN_-NiCw982nnK8ACLcBGAsYHQ/s640/2.jpg)
काठमाडौँ – विजय लघुवित्त वित्तीय संस्था लि.ले लाभांश संशोधन गरेको छ । संस्थाको कार्तिक २३ गते बसेको सञ्चालक समितिको १०७औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०% बोनस सेयर र १०% नगद लाभांश दिन गरि प्रस्ताव गरेकोमा मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश संसोधन गरेको हो । आइतबार बसेको सञ्चालक समितिको १०८औँ बैठकले लाभांश संसोधन गरेर १५% बोनस सेयर र ५% नगद लाभांश गरी कुल २०% लाभांश दिने निर्णय गरेको छ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
![](https://1.bp.blogspot.com/-_RO_dsXVSs4/Xe3gAI8h89I/AAAAAAABU9w/ngClWG4XYq4XRYHsTd42FUYmbwo0BhyDACLcBGAsYHQ/s1600/vlbs.jpg)