काठमाडौं – कृषि विकास बैंकले जनकल्याण माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत बैंकले चन्द्रागिरीस्थित सो विद्यालयलाई सामाग्री वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा हस्तान्त्रण कार्यक्रमका अध्यक्ष कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उपलव्ध गराएको ३ थान ल्यापटप, १ थान प्रोजेक्टर र १ थान साउण्ड सिस्टम चन्द्र्रागिरि नगरिपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि घनश्याम गीरी, उपमेयर लिसा नकर्मी समेतको उपस्थितीमा विद्यालयका प्रधानअध्यापक गौतम नकर्मिलाई हस्तान्तरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन खेलेको भूमिका बारे चर्चा गरेका थिए ।
साथै, बैंकले दुरदराजमा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनीहरुको क्षमता वृद्धि का लागि बिभिन्न वित्तीय साक्षरता एवम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तर रुपमा गर्दै आईरहेको समेत बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्