×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीडीपीमा सघाउ पुग्ने गरी बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको गुणस्तरमा ध्यान दिनुहोस् : अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

जीडीपीमा सघाउ पुग्ने गरी बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको गुणस्तरमा ध्यान दिनुहोस् : अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)

१२ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई सघाउ पुग्ने गरी कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कर्जा र जिडिपीको अनुपात ८० प्रतिशत नाघ्न थालेको भन्दै बैंकहरुलाई सचेत गराउनु भएको हो । उहाँले नेपालको कुल गार्हस्थ उत्पादन र कर्जाको अनुपातको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत चासो देखाइसकेको अवस्थामा बैंकहरुले कर्जाको आयतन बढाउने भन्दा पनि उत्पादन मुलक क्षेत्रमा कर्जा बढाउन ध्यान दिन आग्रह गर्नुभएको हो । उहाँले अहिलेको अवस्थामा कुल गार्हस्थ उत्पादनको गणना विधि परिमार्जन गर्नुपर्ने अवस्था समेत आएको बताउनुभयो । तरपनि बैंकहरुले कर्जा बढाउँदै गए राष्ट्र बैंकले क्रेडिट सिलिङ लगाउनुपर्ने अवस्था आउने उहाँले बताउनुभयो । 
अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंकलाई ब्याजदरमा ध्यान दिन पनि आग्रह गर्नुभयो । उहाँले निक्षेपमा कम ब्याजदर दिएकोले बचतकर्ता निरास हुन सक्ने र बचत बाहिरिन सक्ने भएकाले ध्यान दिन आग्रह गर्नुभयो । उहाँले दिर्घकालिन रुपमा ठुला लगानीमा प्रवाह हुने कर्जामा स्थिर ब्याजदर कायम गर्ने विषयमा राष्ट्रिय वाणिज्य बैंकले नेतृत्व लिन सक्ने समेत बताउनुभयो । उहाँले बैंकहरु सुरक्षित हुने र व्यवसाय धारापमा पर्ने गरी ब्याजदर उतारचढाव हुँदा बैंक कहिल्यैपनि सुरक्षित हुन नसक्ने बताउनुभयो । 
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले साना तथा मझौला कर्जा र सहुलियत ब्याजदरको कर्जाको कार्यान्वयनमा जोड दिएको बताउनुभयो । उहाँले गत वर्ष ५ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको र यस वर्ष लामो समयपछि १२ प्रतिशत लाभांश दिन सफल भएको समेत बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा बैंकले १ खर्ब ९७ अर्ब कुल निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब कर्जा लगानी गरेको तथा २ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा कमाएको जानकारी दिनुभयो । उहाले बैंकको कुल सम्पत्ती २ खर्ब ५० अर्ब पुगेको तथा कर्जा पूँजी निक्षेप अनुपात ७७ प्रतिशत रहेको समेत जानकारी दिनुभयो । हेनुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: