Skip to content
LAXMI SUNRISE BANK

सिमित वस्तुको निर्यातमा भन्दा वस्तु विविधिकरण गरी निर्यात बढाउनुपर्नेमा अर्थमन्त्री खतिवडाको जोड ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले एक-दुई वस्तुमा केन्द्रीत भएर निर्यात बढाउने सपना देख्न नहुने बताउनुभएको छ । नेपाल निर्यात परिषद्ले ‘चौथो निर्यात दिवस २०७६’ का अवसरमा आयोजना गरेको कार्यक्रमलाई समबोधन गर्दै अर्थमन्त्री खतिवडाले एक-दुई वटा वस्तुको निर्यातमा भन्दा वस्तु विविधिकरण गरी निर्यात बढाउनुपर्ने बताउनुभएको हो । उहाँले खास वस्तुमाथि केन्द्रीत भएर बहस गर्नुभन्दा बढी मुल्य आउने वस्तु उत्पादनमा जोड दिई निर्यात बढाउनुपर्ने बताउनुभयो । उहाँले नेपालको हस्तकला, कृषि उत्पादनको निर्यात गरेर केही अर्बमा मात्र व्यापार हुने बताउँदै खर्बौंमा निर्यात गर्ने सोच बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि कच्चा पदार्थ अयात गरी बढी मुल्य जोडी निर्यात गर्न सकिने वस्तु उत्पादनमा व्यवसायीहरु लाग्नुपर्ने उहाँले बताउनुभयो । यसबाहेक केही प्राकृतिक स्रोतको प्रयोग गरी उत्पादन हुने वस्तुको निर्यातमा समेत लाग्नुपर्ने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिव्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले निर्यातजन्य वस्तुमा सहयोग दिएको अवस्थामा पनि उत्पादन बढ्न नसक्नुको कारण खोज्नुपर्ने बताउनुभयो ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात जन्य वस्तुको भुक्तानी लिन समस्या रहेको बताउनुभयो । 
निर्यात पछि पनि भुक्तानी लिन लामो समय लाग्ने भएकाले डिजिटल भुक्तानीको व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा कुनैपनि उद्योग मार्जिनबाटै चल्ने भएकाले बढी भ्यालु जोडिने वस्तुको उत्पदनमा जोड दिनुपर्ने र निर्यातलाई तिब्र रुपमा बढाउनुपर्नेमा जोड दिइएको थियो । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK