Skip to content
LAXMI SUNRISE BANK

बेष्ट फाइनान्सको ४४ हजार २७१ कित्ता संस्थापक सेयर बिक्री खुल्ला, कहाँ जाने भर्न ?

अर्थ सरोकार

काठमाडौं – बेष्ट फाइनान्सको ४४ हजार २७१ कित्ता संस्थापक सेयर बिक्री खुल्ला भएको छ ।  फाइनान्सका २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने लागेका हुन् । जसमा मन्दिरा देवी श्रेष्ठले ३७ हजार ५३६ कित्ता र शान्त्वना शाक्यले आफ्नो नाममा रहेको ६ हजार ७३५ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । फाइनान्सले बिक्री गर्न लागेको संस्थापक सेयरमा फाइनान्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले यो सूचना सार्वजनिक भएको ३५ दिनभित्र बेष्टको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK