×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिडीएससीमा ‘कामु सीइओ’ कञ्चन सापकोटाको मनपरी, प्रक्रिया नै पूरा नगरी सुन्धारा सेक्युरिटिजलाई डीपी लाइसेन्स !

PRIME CA

सिडीएससीमा ‘कामु सीइओ’ कञ्चन सापकोटाको मनपरी, प्रक्रिया नै पूरा नगरी सुन्धारा सेक्युरिटिजलाई डीपी लाइसेन्स !

८ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सिडीएससीमा कामु सीइओ हुने बित्तिकै कञ्चन सापकोटाको मनपरी सतहमा आएको छ । उनले डीपी लाइसेन्सवापतको पैसा नै नलिई सुन्धारा सेक्युरिटिजलाई डीपी लाइसेन्स दिएको तथ्य बाहिरिएसँगै सापकोटाको लापरवाही सतहमा आएको हो । नियमअनुसार सुन्धारा सेक्युरिटिजले सीडीएससीमा बुझाउनुपर्ने कुल एक लाख ७० हजार रुपैयाँ जम्मा नै नगरी कम्पनीलाई सीडीएससीले डिपी लाइसेन्स दिएको पाइएको हो । 
अर्थ सरोकार डटकमलाई सीडीएससी स्रोतले दिएको गोप्य जानकारी अनुसार सुन्धारा सेक्युरिटिजले उक्त रकम मंगलबार दिउँसोमात्र जम्मा गरेको छ । जवकी उक्त कम्पनीलाई केहि समय अगाडी नै लाइसेन्स दिएर उक्त कम्पनीले काम-कारोबार पनि गरिसकेको छ । कन्चन सापकोटाले कामु सीइओ हुनेबित्तिकै प्रक्रिया नै पूरा नगरी, आफुखुसी ढंगले डीपी लाइसेन्स बाड्न थालेपछि उनको कार्यक्षमतामाथि नै प्रश्न उठेको भन्दै सीडीएससीकै कर्मचारीहरु रुष्ट भएसँगै यो तथ्य बाहिरिएको हो ।
सुन्धारा सेक्युरिटिज भन्छ, ‘चेकमा गल्ती हुँदा प्रक्रियामा त्रुटी भयो’
यता सुन्धारा सेक्युरिटिजले पनि आफुले पाएको डीपी लाइसेन्समा प्रक्रियागत रुपमा केहि त्रुटी भएको स्वीकार गरेको छ । अर्थ सरोकारको सम्पर्कमा आएका सेक्युरिटिजका प्रतिनिधि फडिन्द्र ढकालले चेकमा थोरै गल्ती भएकाले पैसा बुझाउन ढिलो भएको र आफुहरुले अन्य डकुमेन्ट पूरा गरेकाले लाइसेन्स पाएको दावी गरे । जवकी उक्त कम्पनीले सीडीएससीमा बुझाउनु पर्ने रकम दाखिला नगरी लाइसेन्स नै नपाउनुपर्ने थियो ।
कञ्चन सापकोटा भन्छिन्, ‘डकुमेन्ट हेर्दैछु’
यता यस विषयमा सीडीएससीकि कामु सीइओ कञ्चन सापकोटाले आफुले यसबारे डकुमेन्ट हेर्दै रहेको बताएकी छिन् । पैसा नै डिपोजिट नगरी सुन्धारा सेक्युरिटिजले डीपी लाइसेन्स कसरी पायो ? भन्ने हाम्रो प्रश्नमा उनले सुरुमा आफुले यस विषयमा बुझ्ने बताईन् । पछी अर्थ सरोकारलाई सम्पर्क गर्दै उनले सुन्धारा सेक्युरिटिजले बुझाउनुपर्ने पैसा दाखिला भइसकेको दावी गरिन् । हामीले, ‘पैसा हिजो मंगलबारमात्र डिपोजिट भएको छ, तर केहि साता अघि नै कम्पनीले लाइसेन्स कसरी पायो त ? भन्ने प्रश्न गर्दा उनले पुन: आफु डकुमेन्ट अध्ययन गर्ने गैरजिम्मेवार जवाफ दिइन् ।
कर्मचारी भन्छन्, ‘प्रक्रिया नै थाहा नहुनेलाई कामु सीइओ बनाइएको छ, वाक्क भइसक्यौं’
यता सीडीएससीका कर्मचारीहरु समेत कन्चन सापकोटाको काम गराईदेखि आफुहरु वाक्क भइसकेको गुनासो पोख्न थालेका छन् । ‘पैसा नै नआइ डीपी लाइसेन्स दिइएको छ । जे मन लाग्यो त्यहि गरिएको छ । हामी आफैं वाक्क भइसक्यौं’ सीडीएससीका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘अव यस्तो काम गर्ने व्यक्तिलाई धितोपत्र बोर्ड र नेप्सेले पुरस्कृत गर्ने त होला । अरु के हुन्छ र हाम्रो देशमा ?’


सिडीएससीभित्रका थप काण्ड र गलत कामबारेको रिपोर्ट हामी आगामी अंकमा प्रस्तुत गर्नेछौँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: