×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटमा सिटिजन्स बैंकको १०३औं शाखा रहित बैंकिङ्ग सेवा सुरु, उप–मेयर कान्ती देवी महतोद्वारा उद्घाटन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रौतहटमा सिटिजन्स बैंकको १०३औं शाखा रहित बैंकिङ्ग सेवा सुरु, उप–मेयर कान्ती देवी महतोद्वारा उद्घाटन

२१ पुष २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रौतहट

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले शाखा रहित बैंकिङ्ग सेवा रौतहटको सन्तपुर दोस्तियामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन शुक्रबार फतुवा बिजयपुर नगरपालिकाकी उप–मेयर श्रीमती कान्ती देवी महतोले गरेकी हुन् ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
यस बैंकले ८५ वटा शाखा, ८५ वटा एटिएम. र १ सय ३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिंदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: