×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेसको ‘न यति न उति सिधै लखपति’ योजनाअन्तर्गत १० लाखकाे विजेता घाेषित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिटी एक्सप्रेसको ‘न यति न उति सिधै लखपति’ योजनाअन्तर्गत १० लाखकाे विजेता घाेषित

२४ पुष २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६ न यति न उति सिधै लखपति” योजना अन्तर्गत जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भएका छन् । एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरिएको हो । साउदी अरबको अरब नेशनल बैंक – टेलिमनीबाट पैसा पठाएर लक्कीड्रमा परी बम्पर उपहारस्वरुप यादवले सो रकम प्राप्त गरेका हुन् ।
यस उपहार योजना अवधीभर हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९ सय जनाले रु २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले रु १० हजार नगद र ३ जनाले रु १ लाख नगद प्राप्त गरिसकेका छन् र अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १० लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधानअनुसार यादव विजयी भएका हुन् । सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस “लखपति एक्सप्रेस २०७६ ( न यति न उति सिधै लखपति” योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो ।
यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: