×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

GLOBAL IME BANK

एभरेष्ट बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

२४ पुष २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एभरेष्ट बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्न नेपाल  धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ दरमा १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। बैंकले जारी गर्ने ऋणपत्रमध्ये  ४० लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६० लाख कित्ता संघसंस्थालाई बिक्री गरिनेछ । 
बैंकले ७ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: