काठमाडौं – एभरेष्ट बैंकले एनआरएन बचत खातामा विशेष सुविधा दिने भएको छ । बैंकमा खाता खोल्ने एनआरएनलाई विशेष सुविधा पुर्याउने उद्देश्यले बैंकले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको छ ।
बैंकले पान नेपालको उपस्थितिमा अग्रणी वाणिज्य बैंक बन्ने र एउटै छानामुनि वित्तीय सेवा तथा सुविधा प्रदान गर्ने घरयासी नाम बन्नका लागि एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको हो । एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्त कुमार दबादी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्रकुमार नेगी र एभरेष्ट बैंक तथा एनआरएनएका अन्य उच्च अधिकारीहरुको उपस्थितीमा एमओयूमा हस्ताक्षर भएको छ ।
बैंकले एनआरएन बचत खातामा निःशुल्क एटिएम, इन्टरनेट/मोबाइल बैकिंग, ई-स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्नेछ ।
हाल बैंकले ९५ शाखाहरु, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटिएम मार्फत सेवा दिँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्