×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न

५ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ग्लोबल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि कार्यक्रमहरुको अयोजना गरेको छ । सोही अवसरमा बैंकले माघ ४ गते राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार प्रसारलाई समाबेस गरीे प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।
“बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाडौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका पदाधिकारीहरु, लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, कमलादी, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, वीर अस्पताल, जमल हुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।
बैंकले काठमाडौँ उपत्यकामा मात्र नभएर काठमाडौ बाहिरका बिभिन्न ठाउँहरु बिराटनगर, नारायणघाट, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो । बार्षिकोत्सवकै अवसरमा गत पौष १७ गते कान्तिपथ लगायत काठमाडौं बाहिरका मुख्य सहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ ।
२०६३ पौष १८गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । बैंकका २ सय ६६ शाखा, २ सय ५५ एटिएम, ३६ राजस्व संकलन तथा एक्टेन्सन काउण्टर, २ सय ४९ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले १८ लाखभन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अष्टे«लिया युके, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन,जोर्डनलगायतका देशहरुबाट रेमिट्यान्स आप्रबाह मार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएमो छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: