×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनी उत्पादन गर्ने र चिनी आयात गरी व्यापार गर्नेहरु एउटै हुँदा समस्या आएको छ : सञ्चारमन्त्री बाँस्कोटा (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
SHREE KESH

चिनी उत्पादन गर्ने र चिनी आयात गरी व्यापार गर्नेहरु एउटै हुँदा समस्या आएको छ : सञ्चारमन्त्री बाँस्कोटा (भिडियो रिपोर्ट)

१८ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उखु खरिद गरी चिनी उत्पादन गर्ने र चिनी आयात गरी व्यापार गर्नेहरु एउटै हुँदा समस्या आएको बताउनुभएको छ । मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले चिनी उत्पादक र व्यापारीको एउटै नाम आएको बताउँदै उनिहरुले नै चिनीको कृत्रिम अभाव र कालोबजारी गर्ने तथा उखु किसानहरुलाई भुक्तानी नगरेको बताउुनभएको छ । उहाँले उखु किसानको समस्या क्रोनिक जस्तो बनेको बताउँदै यो समस्या हरेक वर्ष उठने गरेको बताउनुभयो । 
उहाँले किसानले उखुको भुक्तानी मात्र नपाउने नभई उद्योगीहरुले सरकारले किसानलाई उपलब्ध गराएको अनुदान समेत नदिने गरेको बताउनुभयो । भुक्तानी नदिनेहरुलाई सम्बन्धित मन्त्रालयले कडा कदम चालेको बताउँदै मन्त्री बाँस्कोटाले गृह मन्त्रालयले समेत समातेर क्षतिपूर्ति दिलाउने कामका लागि पहल गरिरहेको जानकारी दिनुभयो ।
उहाँले किसानलाई सरकारले दिने अनुदान पठाउने माध्यम ठिक नभएको बताउँदै किसानको हातमा सिधै जाने बाटोको खोजि गरिरहेको समेत जानकारी दिनुभयो । अहिले उखु किसानलाई सरकारले दिने अनुदान सम्बन्धित चिनी मिल सञ्चालक मार्फत उपलब्ध गराउँदै आएको छ । तर उखु मिल सञ्चालकहरुले किसानलाई सरकारले अनुदान दिएको रकम सँगै उखुको भुक्तानी समेत समयमा नदिदा उखु किसानहरु आन्दोलित भएका छन् । सरकारले उखु किसानलाई प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने गरेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: