×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंक र मलेसियाको म्याक्स मनिबीच विप्रेषण रकम भुक्तानी गर्ने सम्बन्धी सम्झौता

PRIME CA
GLOBAL IME BANK

हिमालयन बैंक र मलेसियाको म्याक्स मनिबीच विप्रेषण रकम भुक्तानी गर्ने सम्बन्धी सम्झौता

७ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – हिमालयन बैंक र विप्रेषणको कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एसडिएन विएचडि बीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्स मनिका प्रमुख कार्यकारी अधिकृत मो.अविद हमिदले क्वालालम्पुर मलेशियामा हस्ताक्षर गरेका हुन् । साथै दुबै संस्थाका प्रतिनिधिले मलेशियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका हुन् ।
हिमालयन बैंक र म्याक्स मनिले आउँदा दिनहरुमा पनि सम्झौतापत्रमा उल्लेखित प्रावधानहरुमा रहि अघि बढ्ने जनाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: