×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंककोे प्रदेश ५ मा एकैसाथ २ नयाँ शाखा सञ्चालनमा, शाखा सञ्जाल ११६ पुग्यो

GLOBAL IME BANK

कामना सेवा विकास बैंककोे प्रदेश ५ मा एकैसाथ २ नयाँ शाखा सञ्चालनमा, शाखा सञ्जाल ११६ पुग्यो

६ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नवलपरासी

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले २ नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही जिल्ला , तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा यही माघ ०५ गते एकैसाथ २ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । यो सँगै अब बैंकको शाखा संख्या ११६ पुगेका छन् । 
बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गर्नु भएको थियो । यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गर्नु भएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: