काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उक्त नाफा कमाएको हो । गत वर्षको सोहि अवधिको तुलनामा बैंकको यो नाफा ७.४९ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले १३ करोड ८१ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकका अधिकांश सूचकहरु बढेका छन् । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ५१.१४% र ७.२४% ले वृद्धि भएका छन् ।
बैंकले ५७ करोड ४१ लाख खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा २१ करोड ११ लाख पुगेको छ । हाल कामनाको चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
त्यसैगरी जगेडा कोषमा ५९ करोड ६ लाख रुपैयाँ रहेको यस बैंकको शेयरधनी कोषमा ९ करोड ५२ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्ममा बैंकले २७ अर्ब ४३ करोड ७२ लाख निक्षेप सङ्कलन गरी २३ अर्ब ४८ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६९ पैसा र प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्