×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले ल्यायो ‘डबल डिपोजिट मुद्दती खाता’ सञ्चालनमा, ७ वर्षमै दोब्बर रकम पाइने

PRIME CA
GLOBAL IME BANK

कामना सेवा विकास बैंकले ल्यायो ‘डबल डिपोजिट मुद्दती खाता’ सञ्चालनमा, ७ वर्षमै दोब्बर रकम पाइने

१६ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कामना सेवा विकास बैंकले डबल डिपोजिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै माघ १४ गतेदेखि उक्त खाता सञ्चालनमा ल्याएको हो ।
डबल डिपोजिट मुद्दती खाता योजना अन्र्तगत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन् । यस प्रकारको मुद्दती खाता खोल्नका लागि न्यूनतम १ लाख रुपैयाँ हुनुपर्नेछ । यसैगरी, बैंकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने छ । यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।
बैंकले हाल ११७ वटा शाखा तथा ६२ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: