
नेपालको डिजिटल पत्रिका, ‘अर्थ सरोकार डटकम’, अर्थ सरोकार टेलिभिजन कार्यक्रम, र नेपालको सबैभन्दा बढी प्रशारण पहुँच भएको आर्थिक रेडियो कार्यक्रम ‘अर्थ सरोकार रेडियो कार्यक्रम’ प्रशारक संस्था अर्थ सरोकार प्रालिमा निम्नानुसारको जनशक्ति आवश्यक परेका हुनाले इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र [email protected] मा आफ्नो बायोडाटा पठाउनुहोला ।
१. पद : बिजनेश अफिसर (एसिष्टटेन्ट तह)
योग्यता : प्लस टु वा सो सरहको परिक्षा उत्तीर्ण गरी हाल स्नातक पढिरहेको ।
जिम्मेवारी : चेक डिपोजिट वा क्यास विथड्रअल, सम्बन्धित संस्थामा बिल पुर्याउने, चिठी वा पार्शल पुर्याउने । बिल पुर्याएका ठाउँमा पेमेन्टका लागि फलोअप गर्ने । क्लाइन्टको माग अनुसार अर्थ सरोकारका तर्फबाट बजार प्रवर्द्धनका काममा सहभागी हुने । क्लाइन्टलाई फोन वा इमेलमार्फत फलोअप गर्ने ।
थप अवसर : फोटोग्राफी / भिडियोग्राफी तथा भिडियो सम्पादन नि:शुल्क सिकाइनेछ ।
अनिवार्य : स्कुटर वा बाइकको लाइसेन्स
तलव : कम्पनीको नियमानुसार / आपसी समझदारीमा ।
२. पद : बिजनेश डेभलपमेन्ट अफिसर
योग्यता : न्युनतम स्नातक दोश्रो बर्ष अध्ययन गरिरहेको ।
जिम्मेवारी : संस्थाले गाइड गरेअनुसारका नयाँ क्लाइन्टकहाँ पुगेर अर्थ सरोकारको तर्फबाट नयाँ व्यापारका लागि कुरा गर्ने र त्यसको रिपोर्ट संस्थाका सम्बन्धित व्यक्तिलाई बुझाउने । आवश्यक परेको खण्डमा संस्थाका तर्फबाट क्लाइन्टकहाँ जाने ।
थप अवसर : फोटोग्राफी / भिडियोग्राफी तथा भिडियो सम्पादन नि:शुल्क सिकाइनेछ ।
अनिवार्य : स्कुटर वा बाइकको लाइसेन्स
तलव : कम्पनीको नियमानुसार / आपसी समझदारीमा ।
३. पद : क्यामरापर्सन (भिडियो / फोटो)
जिम्मेवारी : अर्थ सरोकारले उत्पादन गर्ने भिडियो कार्यक्रमहरुमा क्यामरापर्सनको भूमिकामा काम गर्ने ।
थप अवसर : बिजनेश डेभलपमेन्टका काम नि:शुल्क सिकाइनेछ ।
अनिवार्य : स्कुटर वा बाइकको लाइसेन्स
तलव : कम्पनीको नियमानुसार / आपसी समझदारीमा ।
४. सम्बाददाता / समाचारबाचक
योग्यता : न्युनतम स्नातक पढिरहेको । अनुभविलाई प्राथमिकता ।
थप अवसर : फोटोग्राफी / भिडियोग्राफी तथा भिडियो सम्पादन नि:शुल्क सिकाइनेछ ।
अनिवार्य : स्कुटर वा बाइकको लाइसेन्स
तलव : कम्पनीको नियमानुसार / आपसी समझदारीमा ।
थप जानकारीका लागि ९८५१०१७९१४ (सुरज प्याकुरेल)लाई सम्पर्क गर्नुहोला ।
- हरेक महिनाको पहिलो दिन तलव खातामा आउनेछ ।
- काम सुरु गरेको ६ महिना पुगिसकेका सबै कर्मचारीलाई दशैंका बेला एक महिनाको थप अतिरिक्त तलव आउनेछ ।
- खाजा, स्कुटरमामा लाग्ने तेल लगायत अफिसियल काममा हुने सबैखाले खर्च अफिसले ब्योहोर्नेछ ।
- बिजनेश डेभलपमेन्ट अफिसरका लागि मोबाइल खर्च अफिसले व्यहोर्नेछ ।
- अतिरिक्त दिन वा शनिबार काममा आउनुपरेको खण्डमा त्यसको छुट्टै पारिश्रमिक पाइनेछ ।
- हरेक कर्मचारीको बीमा कार्यालयले गरिदिनेछ ।
अन्य जानकारीका लागि
शुभम् मिडिया प्रालि
अर्थ सरोकार डटकम
अनलाइन संचारमाध्यम दर्ता प्रमाणपत्र नम्बर : १३३-७३-७४ (सूचना विभाग)
बासुकीमार्ग, कोटेश्वर, काठमाडौँ । सम्पर्क कार्यालय : दरबारमार्ग, काठमाडौँ ।
फोन नम्बर : ९८५१०१७९१४
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्