×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मितेरी डेभलपमेन्ट बैंकद्वारा दोस्रो त्रैमासमा अधिकांश सूचकहरुमा सुधार, खुद नाफा कति कमायो ?

PRIME CA
GLOBAL IME BANK

मितेरी डेभलपमेन्ट बैंकद्वारा दोस्रो त्रैमासमा अधिकांश सूचकहरुमा सुधार, खुद नाफा कति कमायो ?

१२ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस अवधिमा  अधिकांश सूचकहरुमा सुधार गरेको वित्तीय विवरण प्रकाशित गरेको हो । 
वित्तीय विवरण अनुसार बैंकले  ८ करोड ३५ लाख रुपैयाँ खुद नाफा छ । यो नाफा गत वर्षको सोहि अवधिको १ करोड ६५ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि वृद्धि गरेको छ । बैंकको खुद ब्याज आम्दानी १३ करोड ४४ लाख २७ हजार पुगेको छ भने सञ्चालन नाफा ११ करोड ९२ लाख ९० हजार पुगेको छ।
त्यसैगरी बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७९ पैसा बढेर २८ रुपैयाँ ५५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २३ पैसा रहेको छ । 
जगेडा कोष १६ करोड ९३ लाख रुपैयाँ जम्मा गरेको यस बैंकले  ४ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४ अर्ब २४ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । 
यस अवधिसम्ममा बैंकको वितरण योग्यमुनाफा ३ करोड ८६ लाख २ हजार रहेको छ भने निष्क्रिय कर्जा घटेर ०.३० प्रतिशतमा कायम भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: