Skip to content
LAXMI SUNRISE BANK

सामाजिक सुरक्षा अन्तर्गत मुक्तिनाथ विकास बैंकले गर्यो ऋण मिनाहा

अर्थ सरोकार

काठमाडौं – मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मृतक मोहोनी माया थापा मगरको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा गरेको छ । बैंकले दमौलीस्थित साना तथा लघुबैंकिङ्ग कार्यालयमा सदस्य रहेकी थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको हो ।
उक्त रकम मृतक मोहोनी माया थापा मगरको श्रीमान भूपाल थापा मगरलाई साँवा र ब्याज बापतको रकम ५४ हजार २७८ रुपैयाँ र काजकिरिया खर्च ५ हजार रुपैयाँ समेत गरी ५९ हजार २७८ रुपैयाँ चेक हस्तान्तरण गरेको छ । साथै, बैंकले तिर्न बाँकी रहेको दुई लाख ११ हजार ४४० रुपैयाँ कर्जा समेत मिनाहा गरेको कम्पनीले जनाएकाे छ ।
उक्त रकम बैंकका दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघुबैकिङ्ग प्रमुख धु्रव राज घिमिरे, वडा सदस्य सुर बहादुर थापाले संयुक्त रुपमा मृतकका श्रीमान श्रीभूपाल थापा मगरलाई हस्तान्तरण गरेका हुन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK