लाष्ट रिमाइन्डर :
कम्पनी : नेपाल क्रेडिट एण्ड कमर्स बैंक
लाभांश : १५%
बुकक्लोज हुने मिति : मंगलबार, माघ ७ गते
सुरक्षित गर्ने मिति : माघ ६ गते
सभा हुने मिति : माघ १७ गते
विवरण :
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको १५% लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । बैंकले माघ १७ गते हुने सभाको लागि माघ ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
सभामा पेस हुने प्रस्ताव :
१५% बोनस सेयर र कर प्रयोजनको लागि ०.७८% नगद लाभांश,
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक राजनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने,
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने,
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ
बोनस पश्चात चुक्ता पुँजी : ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार रुपैयाँ पुग्ने