काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंकले श्री भिमसेन मन्दिर पुनर्निर्माणका लागि सरोकार समितिलाई ५० लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजार स्थित व्यापारीवर्गहरुको आराध्य देवताको रुपमा रहेको भिमसेन मन्दिर पुनर्निर्माणको लागि जिल्लास्थित विभिन्न जातिय समाज, व्यापारिक वर्ग, संघ संस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा श्री भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति मार्फत स्थानिय तवरबाट नै आर्थिक श्रोत जुटाउने गरि मन्दिरको पुनर्निर्माणको कार्य दु्रतगतिमा भईरहेको छ ।
“हाम्रो सम्पदा हामी आफै बनाउन” भन्ने नाराका साथ काठमाण्डौ भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपन बाहेक ४चार करोड ९३ लाखको अनुमानित लागतमा शुरु गरिएको श्री भिमसेन मन्दिरको पुनर्निर्माणका लागि विभिन्न संघ संस्था, व्यक्ति, व्यापारीवर्ग, वित्तिय संस्था, स्थानिय सरकार, प्रदेश सरकार, सांसदहरुबाट समेत आर्थिक सहयोग प्राप्त भई रहेको छ ।
यसै क्रममा आज नेपाल इन्भेष्टमेण्ट बैंकबाट मन्दिर पुनर्निर्माणका लागि उक्त बैंकका अध्यक्ष एवं सम्पदा प्रेमी पुथ्वी बहादुर पाँडेले आफ्नो प्रतिवद्धता अनुरुप हाललाई रु. ५० लाखको आर्थिक सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती पाँण्डे मार्फत हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग ग्रहण गर्दै समितिका अध्यक्ष कृष्णलाल महर्जनले नेपाल इन्भेष्टमेण्ट बैंकको उदारताका लागि हार्दिक धन्यबाद ज्ञापन गर्दै प्राप्त रकमले पुनर्निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्