×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ७.३२ अंकले घट्यो बजार, ७३ करोड ८ लाख माथिको कारोबार

GLOBAL IME BANK
SHREE KESH

बुधबार ७.३२ अंकले घट्यो बजार, ७३ करोड ८ लाख माथिको कारोबार

२३ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ७.३२ अंकले घटेर १२०९.६० विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७२ कम्पनीको २१ लाख ८५ हजार ३ सय ९७ कित्ता सेयर  १० हजार ३५ पटक खरिद बिक्री हुँदा ७३ करोड ८ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार वोमी माइक्रोफाइनान्सको भएको छ । यस बैंकको कुल ७ करोड १५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश एनआईसी एसिया बैंक र माछापुच्छ्रे बैंकको  भएको छ ।
यस्तै, बुधबार फाइनान्स, म्यनुफ्याक्चार एण्ड प्रोडक्सन, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्यको बढेको छन् भने बाँकी अरु सबै समुह घटेका छन् ।  
त्यसैगरी सबैभन्दा धेरै समता माइक्रोफाइनान्स र वोमी माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै लुम्बिनी विकास बैंक  र अरुण काबेली पावरका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: