Skip to content
LAXMI SUNRISE BANK

बिहिबार ३.२९ अंकले घट्यो बजार, ५३ करोड २२ लाख माथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ३.२९ अंकले घटेर ११६६.२१ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७० कम्पनीको १६ लाख ६० हजार ४०६ कित्ता सेयर खरिद बिक्री हुँदा ५३ करोड २२ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार शिवम सिमेन्टस्को भएको छ । त्यसपछि क्रमश नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु बैंकको प्रोमोटर सेयरको भएको छ । 
यस्तै हाइड्रोपावर, म्यानुफ्याक्च एण्ड प्रोडक्सन समूह र माइक्रोफाइनान्स बढेका छन् भने बैंकिङ, विकास बैंक, व्यापार, होटल्स,  निर्जीवन बिमा, अन्य, फाइनान्स,  म्युचुअल फन्ड  र जीवन विमा घटेका छन् । 
बिहिबार सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र ओरेन्टिएल होटल्सका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK