×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

१५ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैङ्कका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट मिल्ने भएको छ । एनआईसी एसिया बैङ्क र सामसुङ मोबाइल बिच भएको सहमति अनुसार एनआईसी बैङ्कका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा छुट दिने भएको हो ।
सम्झौता अनुसार एनआईसी एसिया बैङ्कका ग्राहकले प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजना यही माघ १२ गतेदेखि फागुन १६ गतेसम्म लागू हुनेछ । यस योजनाबाट बैङ्कका ग्राहकहरूले अधिकतम लाभ लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
सेवाग्राहीहरूले बैङ्कको कार्ड तथा मोबाइल बैङ्किङ सेवा प्रयोग गरी विभिन्न सामान खरिद गर्दा देशभर २ हजार २५ भन्दा बढी मर्चेन्टहरुबाट १ प्रतिशत देखि ५० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरू, ६०० होटेल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटले तथा ३२० विभिन्न सेवा तथा सामान बिक्री गर्ने स्थानहरूबाट सजिलै प्राप्त गर्न सकिने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी